सार्वजनिक भएको सदस्यता सूची प्रेस युनियनद्वारा अस्वीकार, महासंघकै शाखाहरुले पठाएको सदस्यता कायम गर्न माग

नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिव द्वारा हस्ताक्षर गरी सार्वजनिक गरेको सदस्यता सुचीप्रति नेपाल प्रेस युनियनले बिराेध जनाएको छ । प्रेस युनियनका महासचिव दिलीप पाैडेलले एक प्रेस वक्तव्य जारी गरी सदस्यता सुचीप्रति बिराेध गरेका हुन् ।

प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर गरी सार्वजनिक भएको सदस्यता सूचीप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघको विधान अनुसार शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको सदस्यता सूची प्रेस युनियनले अस्वीकार गर्दछ । सक्रिय पत्रकारहरुलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको युनियनको ठहर छ ।

महासंघको विधान र महाधिवेशनको म्यान्डेड अनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासंघकै संगठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट सूची तयार पारिएकाले प्रेस युनियनले असहमति जनाएको हो ।
विधान, विधि, प्रक्रिया अनुसार नेपाल पत्रकार महासंघकै शाखाहरु र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न युनियन माग गर्दछ । सदस्यता विवाद निरुपण नगरी युनियनको आग्रहलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं नेपाल पत्रकार महासंघनै हुनेछ ।
दिलीप पौडेल
महासचिव

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page