खनालकाे बिदाइमा जनप्रतिनिधि र कर्मचारी भावविह्वल

खनालकाे बिदाइमा जनप्रतिनिधि र कर्मचारी भावविह्वल


तनहुँकाे म्याग्दे गाउँपालिकाका शिक्षा अधिकृत वुदिसागर खनालकाे बिदाइमा जनप्रतिनिधि र कर्मचारी भावविह्वल भएका छन् । करिब छ वर्ष म्याग्देमा अधिकृत स्तर आठाैँ पदमा रहि काम गरेका खनाल हालै मात्रै सेवा निवृत्त भएका हुन् ।

उनलेे जागिरकाे दाैरानमा समकालीन साथीहरू सँग गरेको व्यवहार , जनप्रतिनिधिसँगकाे घुलमिल र अब्बल कर्मचारीकाे रूपमा आँफुलाइ स्थापित गराएको लगायतका कारणले उनको बिदाइमा सहभागीहरू सबै नरमाइलो मान्दै भावविह्वल भएको देख्न सकिन्थ्यो ।

खनालले २०५४/३/१८ मा शिक्षा सेवा, शिक्षा प्रशासन निरीक्षण उपसमूह रा.प.अ.नं. प्रथम (प्राविधिक सहायक) पदमा स्थायी नियुक्ति भई म्याग्दे गाउँपालिका मा मिति २०७६/३/१६ देखि २०८१/३/७ गतेसम्म अधिकृत स्तर आठौं पदमा रही अविछिन्न रुपमा सेवा गरी आफ्नो पदीय जिम्मेवारी इमान्दारीताका साथ कुनै दाग नलागी पूरा गरेका थिए ।
सबै सँग घुलमिल हुन सक्ने सरल र शालीन स्वभावका खनालकाे बिदाइमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी लगायत जनप्रतिनिधि र कर्मचारीहरूकाे सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page