बन्दीपुरमा भएको तीज गीत प्रतियोगितामा म्याग्देकाे एकता मगर समाज प्रथम
बन्दीपूरमा सम्पन्न तीज उत्सव अन्तर्गतको तीज गीत प्रतियोगितामा म्याग्देकाे एकता मगर समाज प्रथम भएको छ । प्रथम भए सँगै एकता समाजले १ लाख १ हजार पुरस्कार हात पारेको छ । यस्तै प्रतियोगितामा बाग्लुङ दाेस्राे भएको छ । दाेस्राे भएको बाग्लुङले ७५ हजार नगद तथा प्रमाणपत्र हात पारेको छ ।

यस्तै प्रतियोगितामा तेस्राे भानु हरियाली समूह भएको छ र उसले ५० हजार तथा सान्त्वना केराबारी आमा समूह भएको र २५ हजार पुरस्कार प्राप्त गरेको छ । भदौ १५ गतेदेखि सुरु भएको उत्सवको सनिवार सम्पन्न भएको हाे ।
तीजलाई पर्यटनसँग जोडेर तीज सप्ताहन्न उत्सव आयोजना गरिएको थियो ।

























