गण्डकी ईन्जिनियर्समा लाेकतान्त्रिक प्यानलै विजयी , तनहुँका दुई
भाद्र २८ गते शुक्रबार सम्पन्न नेपाल इन्जिनियर्स एसोसिएसन (NEA)काे निर्वाचनमा CDEN को तर्फ बाट गण्डकी प्रदेशको सम्पुर्ण प्यानलनै अत्याधिक मतका साथमा विजयी भएका छन् ।

जसअनुसार सभापतिमा सन्तोष जिसी , उपसभापतिमा विशाल थापा , सचिवमा निरज लामिछाने , सहसचिवमा मन्जु सिलाकार र काेशाध्यक्षमा विश्वास आचार्य रहेका छन् । यस्तै समितिकाे सदस्यहरूमा व्यास नगरपालिकाका राेचक क्षेत्री , म्याग्देका निराेज घिमिरे लगायतका रहेका छन् । यस सँगै तनहुँका दुई जना सदस्यमा निर्वाचित भएका छन् । एशोसियसनको निर्वाचनमा यसपटक मुख्य राजनीतिक दल आबद्ध इन्जिनियरहरुका ६ वटा प्यानल मैदानमा छन् ।

























