दिर्वु कपको उपाधी अकला गाउँवेसी क्लवले जित्यो

न्यु एकता युवा क्लब म्याग्दे -१ गुणादी दिर्वुकाे आयाेजनामा भएको दोस्रो दिर्वु कप सेभेन ए साइट फूटबल प्रतियोगिताकाे उपाधी अकला गाउँबेसी युवा क्लव म्याग्देले जितेको छ ।

सनिवार गुणादी स्थित दिर्वुमा भएको फाइनल खेलमा बर्च्याङ युवा क्लवलाइ ० का बिरूद्ध २ गाेलले पराजित गर्दै अकलाले उपाधी जितेको हाे । उपाधी जितेको अकलाले नगद ५० हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै प्रतियोगितामा द्धितीय भएको बर्च्याङ युवा क्लवले नगद २५ हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा बिजयी खेलाडीहरूलाइ पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खेलकुदले खेलाडीलाई अनुशासनमा राख्ने बताए । दिर्वुले आयाेजना गरेको फुटबलले दिर्वुलाइ मात्रै नभइ सिङ्गो म्याग्देलाइ चिनाउन सफल भएको श्रेष्ठले बताए ।
खेलकुद , स्वास्थ्य , शिक्षा लगायतका क्षेत्रमा म्याग्दे गाउँपालिकाले प्रभावकारी ढंगले काम अगाडि बढाइरहेको श्रेष्ठले जानकारी दिए ।
एकता युवा क्लवका अध्यक्ष शिव विककाे अध्यक्षतामा भएको समापन कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष मणिभद्र वाग्ले , वडा सदस्य केशरी सुनार , काङ्ग्रेस वडा सभापति बिनाेद दत्त खनाल ,नेकपा माओबादी केन्द्र दलित मुक्ति माेर्चाका जिल्ला अध्यक्ष दलबहादुर विक , ज्ञानेन्द्र बहादुर विक , टेकबहादुर रसाइली लगायतका वक्ताहरूले बाेलेका थिए ।
कार्यक्रमकाे उपाध्यक्ष विशाल सुनारले स्वागत र सञ्चालन रामशरण नेपालीले गरेका थिए । प्रतियोगितामा २६ टिमको सहभागीता रहेको थियो ।
























