इनरह्विलले गर्याे जेष्ठ नागरिक आश्रमलाई ११ हजार सहयोग
महिलाद्वारा सञ्चालित बेद ब्यास ज्येष्ठ नागरिक आश्रम व्यास ५ चापाघाटलाई इनरह्विल क्लव दमाैलीले आर्थिक सहयोग गरेको छ । अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवसको अबसरमा इनरह्विल क्लवले आश्रमको सेवा लाई थप सहज बनाउन नगद ११ हजार १ सय २१ तथा फलफूल र खाजा सहयोग गरेको हाे ।

क्लवका अध्यक्ष नारायणी मल्लले आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठलाई उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

























