तनहुँ जिल्ला अदालतका न्यायाधीशहरू कार्यालय नआउँदा सेवाग्राही मर्कामा
दशैं बिदा पछिको पहिलो दिन तनहुँ जिल्ला अदालतका तीन न्यायाधीशहरू कार्यालयमा नआउँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।

तीनै जना न्यायाधीशहरु अनुपस्थित भएसँगै जिल्लाका विभिन्न स्थानबाट अदालतमा सेवा लिन आएका सेवाग्राही त्यतिकै फर्किन बाध्य भएका छन् ।

जिल्ला अदालतका न्यायधीशहरु अनुपस्थित हुने विषय कानुन व्यवसायीहरुले शुक्रबार बिहानै सूचना पाएका थिए । श्रीमानहरु आज आउने कुरो छैन एक आपसमा कानुन व्यवसायीहरु खासखुस गरिरहेका थिए । यस विषयमा तनहुँ जिल्ला अदालतका सुचना अधिकारी केशव पाैडेलसँग सम्पर्क गर्दा तीनै जना न्यायधीशहरु कमलराज विष्ट , आत्म देव जाेशी र, चन्द्रकुमार पाेख्रेल बिदामा रहेको जानकारी दिए ।
दसैं बिदा पछिकाे पहिलो दिन सुक्रवार पनि परेको र बिदामा बस्नुभएकाे भन्दै पाैडेलले आइतबार बाट सबै न्यायाधीशहरू आउने बताए । हिजो सम्म दशै बिदा भएको र आज अदालत खुलेका कारण आज अदालतमा कामको चाप र सेवाग्राही धेरै देखिएपनी न्यायाधीशहरू अनुपस्थित हुँदा काम नभइ रित्तै फर्किन बाध्य भएका छन् ।
























