अपांग दिवसको अवसरमा आँबुखैरेनीका पुर्ण अपांग भएका व्यक्ति लाई व्ल्याङ्केट वितरण
३३ औ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा आँबुखैरेनी गाउँपालिकाले “लक्षित वर्गसंग हाम्रो उपाध्यक्ष” भन्ने नीति तथा कार्यक्रम अन्तर्गत पूर्ण अपांग व्यक्तिहरुको संरक्षण गर्ने उद्देश्यले मंगलबार न्यानो लुगा (सिरक÷ब्ल्यांकेट) वितरण गरेको छ ।

अन्तराष्ट्रिय दिवसको अवसरमा गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्याल लगायतकाे टाेलिले करिब डेढ दर्जन बढी अपाङगलाई घरमै पुगेर न्यानो कपडा सहयोग गरेको हो ।
कार्यक्रममा पालिका अध्यक्ष शुक्र चुमान र प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माको बिशेष उपस्थिति रहेको थियो । त्यसैगरी आँबुखैरेनी–१ का वडाअध्यक्ष प्रेम बहादुर गुरुङ, कार्यपालिका सदस्यहरू वसुन्धरा गौली, गंगा वि.क., सुशीला नेपाली, वडा नं २ का वडासदस्य कमल बहादुर मगर,टंक कुमारी सिंजाली लगायतको उपस्थिति रहेको थियो ।
उपाध्यक्ष सहितको जनप्रतिनिधीको टोलीले न्यानो लुगा वितरण गर्नुका साथै अपाङगहरुको स्वास्थ्य अवस्था र संरक्षणका लागि संम्बन्धित परिवार÷ संरक्षकहरुसंग छलफल एवं परामर्श गरेका थिए ।

























