जन्मदिनको अवसरमा गाैलिले गरिन् गाैसंरक्षण केन्द्रलाई १ ट्रक पराल सहयोग


पछिल्लो समय दान सहयोग गरी जन्मदिन मनाउने चलन बढ्दै गएको छ । व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौलीले पनि गाइलाइ पराल सहयोग गरि जन्मदिन मनाएकी छन् ।

व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडी फल (ड्रागन फ्रुट) को व्यवसायिक खेती गर्दै आएकी गौलीले व्यास १० दुम्सिमा रहेको व्यास गाैसंरक्षण तथा सरसफाइ केन्द्रमा रहेका गाइलाइ पराल सहयोग गरि जन्मदिन मनाएकी हुन् । गाैलिले २२ हजार मुल्यकाे ८० भारी पराल सहयोग गरेकी हुन् ।
बिहान सबेरै घरमा पुजाअर्चना गरी दुम्सि स्थित गाइफर्ममा चितवनबाट ल्याएको एक ट्रक पराल सहयोग गरेको गाैलीले बताइन् । यसअघि जन्मदिन सामान्य तरिकाले मनाएको भए पनि यसपटक गाइलाइ पराल सहयोग गरि यतिधेरै गाैमाताबाट आशीर्वाद लिएर मनाउनुको आनन्द बेग्लै भएको उनलेे बताइन् । गाैसंरक्षण केन्द्रमा हाल १ सय ८ वटा स्थानीय लाेकल तथा अन्य गाइहरू रहेका छन् ।

गाैलिले जन्मदिनमा हुने अन्य खर्च कटाएर गाैसंरक्षण केन्द्रमा सहयोग गरेको बताइन् । घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँको अध्यक्ष समेत रहेकी गाैलिले यस अभियानले सबैलाई प्रेरणा मिलोस भन्ने साेचेर सहयोग गरेको बताइन् ।
२०७६ सालमा गाैसंरक्षण केन्द्रकाे रूपमा करिब ३ सय राेपनी वैलेनी जग्गामा तारबार गरेर छाडा तथा बृद्धअबश्थामा छाेडिएका पशुहरू संरक्षण गर्ने उद्धेश्यले सुरुवात गरिएको गाैसंरक्षण केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले बताए । किसानले दूध खाएर थाकेपछी तथा सांढे लाग्न छाडेपछि छाेडिएका गाइहरूलाइ आँफुहरूले संरक्षण गरेको सापकोटाले बताए । गाई बृद्ध भएर मरेपछि छाला काढेर गिद्धलाइ खुवाउने गर्दा लाेप हुँदै गएका प्रजातिकाे पनि संरक्षण भएको भन्दै उनले किसानको बालि समेत जाेगिएकाे बताए ।
व्यासनगरपालिकाकाे बिशेश सहयोग तथा सहयोगी व्यक्तिहरूवाट आएकाे सहयोगले गाैसंरक्षण केन्द्र चल्दै आएकाे उनलेे जानकारी दिए । स्थानीय जातका गाइकाे पिसाबबाट बायाेग्याँस प्लान्ट तथा गाेवरबाट सामुहिक आलु खेती लगाउने एवम् व्यास नगरपालिका बाट निस्केका कुहिने फाेहाेरवाट घाँस लगाउने काम भइरहेको उनले जानकारी दिए ।
साे अवसरमा गाैसंरक्षण केन्द्रका अभियान्ता एवम् व्यास नगरपालिका वडा नं ४ का सदस्य सराेज भण्डारीले व्यास नगरपालिकाभित्र छाडा छाेडिएका गाइहरूलाइ व्यवस्थित गर्ने उद्धेश्यले गाैसंरक्षण केन्द्र स्थापना गरेको बताए । व्यास नगरपालिका तथा अन्य दाताहरूको सहयोगमा गाैसंरक्षण केन्द्र चल्दै आएकाे उनलेे बताए । आफ्नाे जन्मदिनको अवसरमा गाइलाइ पराल सहयोग गरेकोमा उनलेे सहयोगी गाैलिलाइ धन्यवाद दिए ।
सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी गाैलिले यस अगाडि पनि विभिन्न समयमा बिद्यार्थीहरूलाइ न्यानो कपडा तथा स्टेसनरी सामाग्री साथै जेष्ठ नागरिक आश्रममा न्यानो लुगा र गाैसंरक्षण केन्द्रमा विभिन्न किसिमका सहयोग गर्दै आएकी छन् ।
उक्त अवसरमा गाैसंरक्षण केन्द्रका संस्थापक अध्यक्ष प्रजापति सापकोटा लगायतको सहभागीता रहेको थियो ।
























