बिद्यार्थीलाई बत्ती कात्ने सीप सिकाउँदै परासर मावि
तनहुँकाे व्यास नगरपालिका वडा नं ५ स्थित पाटनमा रहेको परासर माध्यमिक बिद्यालयले विद्यार्थीलाई जीवनोपयोगी सीप अन्तर्गत बत्ती कात्ने सीप सिकाएको छ । बिद्यालयका शिक्षिकाहरूले जानेको सीप विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिकाउने गरेको बिद्यालयले जनाएको छ ।

बत्ती विभिन्न चाडपर्वका बेलामा बाल्न प्रयोग हुने हुँदा यो सीप अति नै महत्त्वपूर्ण रहेको भन्दै बिद्यार्थीहरू पनि याे सीप सिक्न पाउँदा खुसी भएका छन् ।

परम्परागत हाम्रा मूल्य मान्यतालाई संरक्षण गर्न मद्दत पुग्ने अपेक्षानुसार विभिन्न सीप सिक्दै आएका छौँ, जसमा तीनसुते, पाँचसुते, सातसुते र नौसुते बत्ती कात्न विद्यालयकै शिक्षिकाले सिकाउने गरेको एक बिद्यार्थीले बताइन् । विद्यालयमा किताबी ज्ञानमात्र आर्जन गर्नुभन्दा व्यवहारिक सीप पनि उत्तिकै जीवनोपयोगी हुने हुनाले कपासकाे बत्ती कात्न सिकाइएकाे बिद्यालयका प्रअ रामदत्त पाैडेलले बताए ।
























