एमालेमा फरक मत राख्ने रावल पार्टीबाट निष्कासित , पाण्डे र तिमिल्सिना निलम्बनमा !

एमालेमा फरक मत राख्ने रावल पार्टीबाट निष्कासित , पाण्डे र तिमिल्सिना निलम्बनमा !

नेकपा एमालेको अघिल्लो महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँगै लडेका एमाले नेता भीम रावल पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित भएका छन् । आज सम्पन्न सचिवालय बैठकले पार्टीका पूर्व उपाध्यक्ष रावललाई पार्टी सदस्यताबाट निश्कासन गर्ने निर्णय गरेको हाे ।

पार्टीबाट निस्कासित भएपछि उनले भने : ‘मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्नँ, ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भए, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन् ।’

यस्तै बैठकले भाटभटेनीका सन्चालक मीनबहादुर गुरुङबाट जग्गा लिने निर्णयको सार्वजनिक विरोध गर्ने स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई छ/छ महिनाका निम्ति निलम्बित गरेको छ । शुरुमा यी दुईलाई एक एक तह घटुवा गर्ने प्रस्ताव थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page