गुणादीमा भएको कार दुर्घटनामा ढाेरफिर्दीका महत घाइते
पृथ्वी राजमार्ग स्थित गुणादीमा कार दुर्घटना भएको छ । बुधबार भएको दुर्घटनामा कारमा सवार शुक्लागण्डकी नगरपालिका वडा नं ८ का हरिश्चन्द्र महत सामान्य घाइते भएकाे प्रहरीले बताएको छ ।

घाइते महतकाे निधारमा सामान्य चाेट लागेको र उपचार पश्चात् घर फर्किएको बताइएको छ । दुलेगौंडा तर्फवाट दमाैली तर्फ आउँदै गरेको महत आँफैले चलाएको बा ६ च ५९३ नम्बरको कार अचानक कल्भर्टकाे रेलिङ भाँचेर तल खसेको थियो ।

























