स्वर्ण जयन्तीको अवसरमा महेन्द्र माविमा स्वास्थ्य शिविर
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ मा रहेको महेन्द्र माविमा बृहत स्वास्थ्य शिवीर सम्पन्न भएको छ । बिद्यालयकाे ५० औ स्वर्ण जयन्तीको अवसरमा व्यास नगर हस्पिटल प्रालि दमाैलीकाे सहयोगमा बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा स्थानीय समाजसेवी केदार वाग्लेले २५ हजार मुल्यकाे औषधि तथा म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाबाट अन्य औषधि सहयोग प्रदान गरिएको थियो । शिविरमा व्यास नगर हस्पिटलका डाक्टर अर्जुन मण्डल , डाक्टर सन्ध्या श्रेष्ठ तथा गण्डकी अस्पताल पाेखराका प्रतीक चाैरासिया सहितको १२ जना स्वास्थ्यकर्मीहरूकाे टाेलिले परिक्षण गरेको थियो ।

परिक्षणका क्रममा खासगरी रूघा खाेकी , आँखा सम्बन्धि , पेटका बिरामी , घुँडा दुख्ने , प्रेसर सुगरका बिरामी बढी भेटिएको डाक्टर अर्जुन मण्डलले बताए ।शिविरमा बिद्यार्थी तथा सर्वसाधारणको अत्याधिक भिड भएको व्यास नगर हस्पिटलका सञ्चालक कृष्णकुमार श्रेष्ठले बताए । व्लड चेकका १ सय ५० जना र अन्य समस्याका २ सय जनाले शिविरमा स्वास्थ्य परिक्षण गरि लाभ लिएको श्रेष्ठले जानकारी दिए ।
त्यस अगाडि कार्यक्रमका प्रमुख अतिथि समाजसेवी केदार वाग्लेले स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए । बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष बिजयराज खनालकाे अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे १ का निवर्तमान वडा अध्यक्ष शिवसरण वाग्ले , शिक्षक अभिभावक संघका सदस्य छलिमाया सुनार , कृष्णा खनाल लगायतकाे उपस्थिति रहेको थियो । यस्तै उक्त अवसरमा बिद्यालयका प्रअ साेमबहादुर थापा , बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर नेपाली पुर्व शिक्षक बिनाेद दत्त खनाल , बिकास राज खनाल , सहायक प्रअ श्रीकान्त घिमिरे लगायतको सक्रिय उपस्थिति रहेको थियो ।
बिद्यालयले मंगलबार अक्षयकोष छात्रवृत्ति वितरण , बिद्यार्थीहरूलाइ पुरस्कार वितरण लगायत खेलकुद कार्यक्रम राखेको बिद्यालयका प्रअ साेम थापाले बताए । यस्तै माघ ९ गते बृहत् कार्यक्रम सहित स्वर्ण जयन्ती मनाउने कार्यक्रम रहेको प्रअ थापाले जानकारी दिए ।
























