बन्दीपुरमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि पवित्रा माविलाई

बन्दीपुरमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि पवित्रा माविलाई

तनहुँको बन्दीपुरमा आयोजित अन्तर बिद्यालय स्तरिय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को उपाधि पवित्रा माविले हात पारेको छ । बन्दीपुर १ मा रहेको पवित्राले नौ स्वर्ण पाँच रजत र चार काश्य जित्दै प्रथम हुन सफल भएको हो। पवित्रा माविले प्रथम पुरस्कार स्वरूप शिल्ड मेडल प्रमाणपत्र र नगद रु १५ हजार प्राप्त गरेको छ।

योसँगै लगातार तिन पटक शिल्ड जित्दै पवित्रा माबिले ह्याट्रिक गर्न पनि सफल भएको छ । यसअघि पवित्रा माविले लगातार दुई पटक पहिलो स्थानसहित उपाधि जितेसकेको थियो । लगातार ३ बर्ष उपाधी हात पारे संगै पवित्राले मुख्य शिल्ड प्रमाणपत्र र नगद रु १० हजार समेत हात पार्न सफल भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page