तनहुँ महाेत्सव सम्पन्न

तनहुँ महाेत्सव सम्पन्न


पूर्वमन्त्री तथा प्रतिनिधी सभा तनहुँ क्षेत्र नम्बर २ का सदस्य शङ्कर भण्डारीले नेपालको विकासको मुख्य आधार कृषि, जलस्रोत र पर्यटन भएको बताउनुभएकाे छ। नवौ तनहुँ महोत्सवको सोमबार समापन गर्दै भण्डारीले सो कुरा बताउनु भएको हो ।
धार्मिक स्थल र कृषि क्षेत्रको प्रवद्धनलाई प्राथमिकता दिनु पर्ने उहाँको बताउनुभयो । नेपालमा प्रशस्त भएका नदीहरुलाई बिजुली निकाल्ने मात्रै नभई सिंचाईको लागि प्रयोग गरेर कृषिलाई प्रवद्धन गर्ने हो भने गाउँमै आम्दानी रोजगारी हुने भण्डारीको भनाई थियो । कृषिमा औजारको प्रयोग र सिंचाईको व्यवस्थाले लागत मूल्य घटाउन र उत्पादन बढाउन सकिने उहाँको भनाई थियो । नेपाल सबै भन्दा धेरै पर्यटक धार्मिक स्थलमा हुने भएकोले त्यस क्षेत्रको प्रवद्धनमा ध्यान दिनु पर्ने उहाँको सुझाव थियो । तनहुँको देवघाट, छाब्दी वाराही, ढोरवाराही, थानीमाई, अकला लगायतका धार्मिक स्थलमा सबैभन्दा धेरै पर्यटक आउने गरेको उदारण दिँदै धार्मिक पर्यटन प्रवद्धनलाई बढी ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । साथै देश विकासको लागि सबै राजनीतिक पार्टीहरु एकजुट हुनुपर्ने बताउनुभयो । “तनहुँ महोत्सव हाम्रो आधार,आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा कृषिमा पहिलो प्राथमिकता दिईएको आयोजकले जनाएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य हरिबहादुर चुमान, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा एमाले तनहुँका सचिव प्रदीपराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पाटी तनहुँका सभापति विश्व बास्तोला, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य वृषराज श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्र, वरिष्ठ उपाध्यक्ष इमकुमार मल्ल, महासचिव सुवोध अधिकारी, तनहुँ उद्योग वाणिज्य सङ्घ महिला विकास समितिका सभापति रोशनी पिया लगायतले महोत्सवमा विदेशबाट आयतित बस्तु बिक्री नगरी स्वदेशी उत्पादनको बिक्री गरेर देशको आर्थिक अवस्था सुधार गर्न टेवा पु¥याउन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।
महोत्सवमा सास्कृति प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिएको थियो । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गते देखि माघ ७ गते सम्म महोत्सव गरिएको थियो ।
गायक खाँड र गायिका त्रिपाठी दर्शक झुमाए
तनहुँमा
समापन कार्यक्रममा लोक गायक रामजी खाँड र गायिका माण्डवी त्रिपाठीले दर्शक झुमाएका थिए । उहाँहरुले आफ्नो लोकप्रिय गीतहरु मार्फत दर्शकलाई झुमाएका हुन् । गायक खाँडले सुरुमा बन्दीपुरे सोल्टीनी बोलको गीत गाउनु भएको थियो । खाँडले डाली नुग्यो चरीले टेकेर बोलको गीतमा गाउनु भएको छ । खाँडले गाएका सबै गीतमा दर्शक नाचेका थिए । गायक खाँडले गीत गाउने मात्रै नभई आफै पनि नाच्नु भएको थियो । त्रिपाठीले ‘ढल्क्यो ढल्क्यो यो मन तिमी तिरै स्यानु’, ‘मेरो बारुली कम्मर, सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’, ‘मात लाग्यो मात लाग्यो मात लाग्यो, मलाई मेरै मायालुको मात लाग्यो ।’ बोलको गीत गायक दर्शक नचाउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page