साैन्दर्य व्यवसायी संघ तनहुँकाे स्थापना दिवसमा बिद्यालयलाई सहयोग

साैन्दर्य व्यवसायी संघ तनहुँकाे स्थापना दिवसमा बिद्यालयलाई सहयोग

सौन्दर्य व्यवसाय सङ्घ नेपाल तनहुँले स्थापना दिवसको अवसर पारी व्यास १ स्थित बुद्धदाहाल बहिरा आवासीय विद्यालय र विद्यार्थीका लागि सहयोग गरेको छ ।सौन्दर्य व्यवसायसँग तनहुँकी अध्यक्ष मञ्जु पियाको नेतृत्वमा गएको पदाधिकारी एवं सदस्यको टोलीले विद्यालय र विद्यार्थीका लागि सहयोग गरेको हो।

संघले एक फिल्टर सहित २५ बालबालिका सुत्ने ओछ्यानका लागि तन्ना सहयोग गरेको बताइएको छ। त्यसैगरी बालबालिकाका लागि एक दिनको खाजाको समेत व्यवस्था गरेको अध्यक्ष पियाले बताएकी छन्। संघको पन्ध्रौँ स्थापना दिवसको अवसरमा फजुल खर्च गर्नुभन्दा आवश्यकताको पहिचान गरी सहयोग गर्नु पुण्यको कार्य भएको पियाले बताइन्।

कार्यक्रममा संघकी पूर्व अध्यक्ष एवं व्यास ३ की वडा सदस्य साना रफत मियाले सङ्घले समयसमयमा विभिन्न सामाजिक कार्यहरू गरेको स्मरण गरिन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page