भिरबाट खसेको ढुंगाले लागेर व्यासका सुकबहादुरकाे मृत्यु

भिरबाट खसेको ढुंगाले लागेर व्यासका सुकबहादुरकाे मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ४ स्थित पृथ्वीराजमार्गको चुनपहरा क्षेत्रमा बाटो निर्माणको काममा प्रयोग भइरहेको चाइनिज कम्पनीको G2-013 नम्बरको एक्साभेटर मर्मत गर्ने क्रममा भिरबाट अचानक खसेको ढुङ्गाले लागेर एक चालकको मृत्यु भएको छ।

मंगलबार दिउँसो एक्साभेटर बिग्रिएपछि मर्मत कार्य भइरहेको बेला सोही सवारीका चालक तनहुँ व्यास नगरपालिका वडा नं. ९ निवासी ४० वर्षीय सुकबहादुर गुरुङ ढुङ्गाको प्रहारबाट गम्भीर घाइते भएका थिए।

घाइते गुरुङलाई तत्काल मोती अस्पताल डुम्रेमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (CMC) अस्पतालमा रिफर गरिएको थियो। तर, दिउँसो ४ बजेर ४९ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page