अन्तर बिद्यालय फुटबल प्रतियोगिताकाे उपाधि सत्यवतीलाई

अन्तर बिद्यालय फुटबल प्रतियोगिताकाे उपाधि सत्यवतीलाई


दमाैली स्थित पाटन खेलमैदानमा सम्पन्न अन्तर बिद्यालय फुटबल प्रतियोगिताकाे उपाधि सत्यवती मावि व्यास २ ले हात पारेको छ । फूटबल रेफ्री संघ तनहुँद्वारा आयाेजित व्यास नगरपालिका स्तरीय अन्तर विद्यालय फुटबल प्रतियाेगितााकाे फाइनलमा निर्मल मावि व्यास १ लाई पराजित गर्दै सत्यवती मा वि ले उपाधि हात पारेको हाे । बिजय भए सँगै प्रथम भएको सत्यवतीले नगद २० हजारका साथै ट्रफी , मेडल र प्रमाणपत्र हात पारेको छ भने द्भितीय भएको निर्मलले १० हजार नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र हात पारेको छ ।

यस्तै प्रतियोगितामा सत्यवतीका अजय गुरुङ हाइजेस्ट स्काेर , उत्कृष्ट मिडफिल्डर सुमन मगर , उत्कृष्ट डिफेन्डर रसिक श्रेष्ठ , प्ले अफ द म्याच पवन घर्तीले हात पारेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page