आँबुखैरेनीमा ३ दिने रैथाने खाजा र ५ दिने क्यान्डी बनाउने तालिम सम्पन्न

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को उद्यम विकास शाखा अन्तर्गत घरेलु काममा सीमित रहँदै आएका महिलाहरूलाई लक्षित गरी रैथाने खाजा बनाउने तीन दिने तालिम र क्यान्डी बनाउने पाँच दिने तालिम सम्पन्न गरेको छ।

महिलाहरूको जीवनस्तरमा सुधार ल्याई उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने उदेश्यले तालिम संचालन गरिएको हो ।
तालिमले महिलाहरूलाई सीप विकास मार्फत स्वरोजगारतर्फ प्रेरित गर्न र महिलाहरूलाई व्यापार व्यवसायमा सक्रिय बनाउन योगदान प्रदान गर्नेछ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, वडा सदस्य गंगा बि.सी. लगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार, “महिलाहरू घरभित्र मात्रै सीमित हुनु हुँदैन, उनीहरूले पनि आर्थिक विकासमा बराबरीको भूमिका खेल्न सक्छन् भन्ने सन्देश दिन तालिम आयोजना गरिएको हो।”
तालिममा स्थानीय १४ जना भन्दा बढी स्थानीय महिलाहरुको सहभागिता रहेको थियो । तालिम पश्चात उनीहरूले व्यावसायिक रूपमा उत्पादन सुरु गर्ने र बजारीकरणका लागि गाउँपालिकाले सहजीकरण गर्ने जनाएको छ।

























