कति भ्रम र कति यथार्थता

कति भ्रम र कति यथार्थता


लेखक प्रहरी उपरीक्षक केदार खनाल हुनुहुन्छ।
गणतन्त्र, प्रजातन्त्र विश्‍वकै उत्कृष्ट शासन पद्वति हुन् । व्यवहारिक र समुन्नत ढंगबाट प्रयोग र परिचालन गर्न सके यसको परिणाम जनतामा सकरात्मक ढंगले जाने थियो । प्रजातान्त्रिक व्यवस्था भित्र कानुनी राज्य, मानव अधिकार, स्वतन्त्रता र स्व(विवेकको प्रयोग हुन्छ । गाँठी कुरो त हामीले यसलाई कसरी प्रयोग उपयोग गर्‍यौ रु त्यसमा निर्भर गर्दछ । हामी जनता त माटोको उर्वरा शक्ति वा श्रोत पनि हौ । यो तथ्यलाई सबै नेपालीले स्वीकार गरेको सत्य पनि हो । तर हामी बाझो खेतवारी हरेर मस्किएको बुढयौलीसंग वैराग्यमा विरक्त हुने वाध्यता भित्र चोटिलो विवशता बोकी बाँचि रहेका छौ । दुस्ख कष्ट पिडाका बिच पहाडको कुना कन्दरामा जीवन व्यतित गरि रहेका हामी पसिना संग सम्झौता त गर्यौ तर उद्देश्य र परिणाम संग निरास भयौ । जुन निरासा यस्तो ढंगबाट प्रस्तुत हुन पुग्यो । जस्ले आजको दिनमा आएर निरासा पैदा गर्दै नेपालमा बसेर केही हुदैन १ केही छैन ११ कसैले केही गर्दैन १११ मुलक विग्रियो । यो भाष्य किन कसरी कहाँबाट आयो विश्‍लेषण गर्न जरुरी छ । मुलक विग्रियो भन्ने मनगढन्ते तथ्यमा टेकेर आजका युवा वर्ग लहैलहैमा विदेशीरहेका छन । यो वर्गलाई न पारीवारिक पक्षले छुन्छ, न त व्यवहारिक पक्षले छुन्छ , न त व्यक्तिगत पक्षले । दया, माया, प्रेम जस्ता सम्बन्धका पाटाहरु विस्तारै भुल्दै र अवज्ञा गर्दै जानुको अर्थ भित्र विचित्रको विज्ञान, भोगाई र नकारात्मक व्यवहारले काम गरेकोमा द्विविधा रहेन ।
एकतर्फ गणतन्त्र र प्रजातन्त्रको कुरा गर्दा ७५ वर्ष देखि यहि गरिबीका विरुद्ध हामी सिमान्तकृत जनता कै उत्थान र प्रगतिका लागि क्रियाशिल हाम्रा पुर्वजहरु आफ्नो जीवन उत्सर्ग गर्न पछि परेनन् । हामीले परिवर्तनका कुरा गरिरहदा व्यवहार संस्कार आचरण विवेकलाई सहि प्रयोग गर्न सक्थौ कि सकेनौ रु यी कुराहरुलाई केवल नेतृत्वले मात्र स्वामित्व ग्रहण गरि अरुलाई नसिकाएको पनि हो कि रु यस्ता सत्मार्गहरुलाई अंगिकार गर्न नसकेकै हुँदा यो आजको अवस्था आएको हो भन्न लाज मान्न पर्दैन कि रु हुन त यत्रो लामो अवधी हामी केही प्राप्ति कै निम्ति भौतारिएको त तथ्यले नै बताउछ । हामीले देखेकै हो, भोगेकै हो । २००७ साल देखि आज पर्यन्त गरिएका विद्रोह भनौ या आन्दोलन, राज्यका शासकिय स्वरुपका विरुद्ध नै भएका हुन । फलस्वरुप बिच बिचमा केही उपलब्धीहरुको हातलागि हुदै आएको सत्य त छर्लङ्‍ग छ । तर तिनै उपलब्धीहरुले सार्थकता नपाउनु र परिणाम नआउनु पछाडि कतै हाम्रा विचार, विवेक र संरचनाहरु जिम्वेवार त छैनन् रु विचारणीय बिषय हो । हामीले हाम्रा राज्यका संरचना हरु निर्माण र संचालनमा विवेक पुर्‍याएनौ कि रु स्व घोषित विद्धताको घमण्डले अहमताको घृष्टटा पो देखायौं कि रु यी बिषयहरु अहिले पनि अनुत्तरित छन । समाज निर्माण गर्छु भन्दै चप्पल पड्काउडै शहर छिरेका देखि तत् तत् वेला र समयमा राज्य संयन्त्रमा मा बसि राज्य संचालन गर्नेहरुले टुकीको वत्ति जस्तै झिनो आशामा बसेका भुई वर्गको समस्यामा ध्यान दिन नसकेर होकि रु समिक्षा हुनु जरुरी छ ।


विकाश र उन्नतिका लागी केवल भौतिक सम्पन्नताले मात्र हुदो रहेनछ । सँगसँगै सुरक्षा पनि आवश्यक पर्ने रहेछ । २००७ साल देखि भएका परिवर्तनहरुमा नेपाल प्रहरी सधै अग्रपंक्ति मा रहि तारो वनेकै हो । लगाउने पोसाक समेत परिवर्तन गरेकै हो । जनताका समस्या सँग सन्नीकट हुदै आजका मिति सम्म सम्बन्ध, सहकार्य, समन्वय गर्दै आईरहेको छ । तर यो अवस्थामा आईपुग्दा समाज यति धेरै छाडा, अनुशासनहीन र नकारात्मक वन्दै गईरहेको छ । यो समस्या आउनु पछाडि समाजकै हात छ भन्न अन्यथा न होला । राज्यका तर्फवाट जनतालाई विश्वासमा लिन नसक्दा अव्यवस्थाले प्रश्रय पायो । यो मुलुक हाम्रो हो , हामीले नै वनाउनु पर्छ भन्ने सन्देश प्रवाह गर्न सक्नु पर्थो त्यसो हुन सकेन । लोभ, मोह, रसरमाईलोमा नै समाजले प्रगति देख्न थाल्यो । मुलुकलाई आफ्नो मातृभुमि भन्दापनि अनावस्यक क्रिडास्थलका रुपमा स्बीकार गर्न थालियो । यो मुलुक हाम्रो हो र हामीले नै बनाउनु पर्छ भन्ने तर्फ नभै विदेशी चक्करमा युवाहरुलाई फसाईयो । राष्ट्रिय नितिहरु नै विदेशमा वसेर आउने स्वनामधन्य विद्दानहरु बाट बनाउने क्रम शुरुहुनु पछाडि युवा पिढिको विदेश तर्फको लर्को लाग्न शुरु भयो। त्यो नितिले गाउँका भाञ्जा, मिजार, दमाई, कामी, बाहुन, क्षेत्री, थारु, मधेसी, सार्की, भोटे, चेपाङ्ग, मुस्लिमका युवाहरुलाई समेट्न नसकेकै हो । यिनीहरु आफु र आफ्ना लालावालाका पेट पाल्न विदेश पलायन भएकै हुन । कति विदेशीएका नेपाली वाकसमा फर्के त कति वोरावोकी जेलको चिसो छिडीवाट फिर्ता भए । यो यथार्थताले समाजलाई अझ बढी नकरात्मकराको भुमरीमा गाँज्यो । यो अवस्थामा हामी यति धेरै स्वार्थी बन्यौ कि आफू भन्दा अर्को पराई देख्यौ । आफूसंग भएकाहरु ठुलै भए, नभएका कोही पछि लागे त कोही ईश्‍याको हुटहुटीमा छटपटिन लागे । जहा ईश्रर्याको ज्वाला प्रकट हुन थाल्यो, सत्य तथ्य को छ्‍यान पहिचान भन्दा पनि शत्रुताको विम्व देखिनुले युवा जमात दिग्‍भ्रमित हुन पुगे । समाजमा ढाँक्रेको चुल्हा जस्ता छुटाछुटै आगोका अगेनाहरु निर्माण गर्न थालियो । त्यहि आगोमा ढाड सेकाँउदै गर्दा जलेर खरानी हुने नियतिमा हामी जादैछौ ।
माथि अलिकति प्रहरी र सुरक्षाको कुरा कोट्याउन किन जरुरी भयो भने अपराध समाजमा हुन्छ । त्यसमा पनि अहिलेको समाज अपराधिकरणतर्फ उन्मुख हुँदै जादै छ । त्यसका लागि प्रहरीको आवश्यकता पर्दछ । सभ्य र सुसंस्कृत समाज भए प्रहरीले रखवारी मात्र गर्छ । तर राज्य को शासन संरचना परिवर्तनको नाममा वारम्बार आन्दोलन हुँदा प्रहरी सधै चपेटामा पर्‍यो । यहि अवधीमा कहिले प्रजातन्त्र, कहिले संकटकाल त कहिले गणतन्त्रका शासन व्यवस्था पनि राज्यले व्यहोर्‍यो । प्रजातन्त्र र निरकुशताको छाया भित्र अधिकारको खोजी हुँदा अराजकताले प्रश्रय पार्यो । संकटकालले जनतालाई क्षणिक तर्सायो । प्रजातन्त्र र गणतन्त्रले भदौरे राँगो बनायो । यहि नियतिको घनचक्करमा आज हामी रुमल्लिएको छौ । युवा पिडी छाडा भएका छन्, कथित बुद्धिजिवी सस्तो लोकप्रियताका लागि जीवनमा पढेको जानेको व्यहोरेको बुझेको एक पाउ दिमागलाई गुन्दुकको भाऊमा बेच्दैछन । जुन दिमागले सकारात्मक उर्जा दिन सक्नु पर्थौ त्यसो हुन सकेन । यसले शान्ति सु-व्यवस्थामा प्रत्यक्ष असर पारेको छ । तसर्थ अबका दिनमा हामीले सोचेनौ, स्वार्थ वस दिमाग घुमायौ, कतै बोल्दा तालि पाउन पिसावको न्यानोमा रमायौ, दायित्व र कर्तव्यलाई बाँदरको तराजु बनायौ, जिम्मेवारीलाई माझि दाईको पर्ख केही हुदैन भन्दै सात गाँउ डुवाएको यथार्थले हाम्रो ७५ वर्ष तिन पुस्तालाई नैतिकता, सामजिकता, व्यवहारिकता, व्यवसायिकता र मातृभुमि प्रतिको मायामा अर्कमण्यता र घमण्ड भित्र्याउन सफल बन्यौ । हाम्रो आजको नियति यसै भित्र बन्धक बनेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page