गण्डकी कप राष्ट्रिय महिला बास्केटबल प्रतियोगितामा तनहुँबाट तीनजना छनाेट

गण्डकी कप राष्ट्रिय महिला बास्केटबल प्रतियोगितामा तनहुँबाट तीनजना छनाेट


गण्डकी प्रदेश बास्केटबल संघको आयोजना एवं प्रदेश खेलकुद परिषद्, गण्डकीको विशेष सहयोगमा यहि असार १९ गते देखि २१ गते सम्म पोखरा रंगशालामा “गण्डकी कप राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता-२०८२” हुने भएको छ ।

राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने नाराका साथ हुने प्रतियोगितामा गण्डकी प्रदेशकाे टिममा तनहुँका तीनजना खेलाडी छनाेट हुन सफल भएका छन् । तनहुँबाट छनोट हुने महिला खेलाडीहरूमा स्नेहा ठकुरी , रश्मि गुरुङ र सनुशा लामगादे रहेको बास्केटबल प्रशिक्षक कृष्णकुमार श्रेष्ठ जेकेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page