२१२ औं भानु जयन्ती भब्य रुपले मनाईने

२१२ औं भानु जयन्ती भब्य रुपले मनाईने

आदिकवि भानुभक्त आचार्यकाे २ सय १२ औं जन्म जयन्ती भब्य रुपमा मनाईने भएकाे छ ।
आदिकवि भानुभक्तकाे जन्मस्थल तनहुँकाे भानु नगरपालिका ४ चुँदीरम्घामा विभिन्न कार्यक्रम गरि ३ दिनसम्म जन्मजयन्ती मनाईने भएकाे हाे ।

कार्यक्रम अनुसार आगामी असार २७, २८ र २९ गते कविता प्रतियोगिता , रामायण वाचन प्रतियाेगिता , काव्य-सन्ध्या, प्रभातफेरी र औपचारिक कार्यक्रम गरि मनाईने भएकाे आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिकाे कार्यालय चुँदीरम्घामा विकास समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेकाे बैठकमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी , विकास समितिका पदाधिकारीहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारी , वडाअध्यक्षहरु, वरिष्ठ लेखा अधिकृत नवराज लाैडारी, लगाएतकाे सहभागिता रहेकाे आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी अधिकृत एवं सदस्य सचिव कृपाहरि लाैडारीले जानकारी दिए ।

आदिकवि भानुभक्त आचार्यकाे जन्मस्थललाई सप्तधामकाे रुपमा विकास गर्न राष्ट्रपति रामचन्द्र पाैडेलले विशेष चासाे राखेका कारण याेजना अघि बढेकाे नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page