राष्ट्रिय स्वतन्त्र पार्टी भानु ३ काे सभापतिमा रामप्रसाद !
राष्ट्रिय स्वतन्त्र पार्टी भानु नगरपालिका वडा नं ३ कोे वडा अधिवेशन सम्मन्न भएको छ ।अधिवेशनले रामप्रसाद गुरूङकाे सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपसभापतिमा सरस्वती श्रेष्ठ , सचिवमा सावित्री आले मगर चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा ध्रुव प्रसाद न्याैपाने , कृष्णराना मगर , कुमार श्रेष्ठ , अमृता गुरूङ , एलिना विक र कुलमान गुरूङ चयन भएको पार्टीका जिल्ला नेता अनिल श्रेष्ठले बताए ।

यस सँगै भानु नगरपालिकामा ९ वटा वडामा अधिवेशन सम्पन्न भैसकेको र आगामी १ महिना भित्र अन्य सबै १३ ओटा वडामा अधिवेशन सम्पन्न गरिने साे पार्टीले जनाएको छ ।

























