क्यान्सर र बाल्यकालको अपांगता दुबैसँग जुधिरहेका मरासिनी

क्यान्सर र बाल्यकालको अपांगता दुबैसँग जुधिरहेका मरासिनी

१० वर्षीय बालक दिवम मरासिनी दुर्लभ छालाको क्यान्सरसँग जुधिरहेका छन् । व्यास नगरपालिका–२ मा बसोबास गर्ने उनका बुबा दिलिप मरासिनीका अनुसार, दिवम Xeroderma Pigmentosum नामक एक अत्यन्त दुर्लभ जेनेटिक रोगले पीडित छन्। यस रोगका कारण दिवमलाई तीन प्रकारका छालाका क्यान्सर — Carcinoma in Situ, Nodular Basal Cell Carcinoma र Lentigo Maligna Melanoma — एकैसाथ देखा परेका छन्।

दिवमको जीवन सुरुदेखि नै चुनौतीपूर्ण रह्यो। उनलाई जन्मजात “bilateral clubfeet” (दुवै खुट्टाको अपांगता) थियो, जसका कारण उनी प्रारम्भिक उमेरमै चल्न, हिँड्न र सामान्य जीवन बाँच्न असहज अवस्थामा थिए। तर चिकित्सकीय परामर्श र समयमै गरिएका शल्यक्रियाहरूको माध्यमबाट उनको खुट्टाको अवस्था सुधार गरिएको छ। शारीरिक अपांगता पार गरेपछि उनी केही सहज जीवनतर्फ उन्मुख हुँदै गर्दा फेरि छालासम्बन्धी क्यान्सरले उनी र उनको परिवारलाई अर्को ठूलो संकटमा धकेलेको बुवा दिलीप बताउँछन् ।

हालसम्म दिवमले दर्जनौँ शल्यक्रिया भोगिसकेका छन् र अझै थप उपचार आवश्यक रहेको उनका बुबा बताउँछन्। पुराना बायोप्सी रिपोर्टहरू पुनः परीक्षण गर्दा नयाँ प्रकारका क्यान्सरहरू पत्ता लागेका छन्, जसले उपचारमा थप जटिलता ल्याएको छ।

“दिवमले जन्मेदेखि नै एकपछि अर्को कठिनाइ खेपिरहेछ। तर पनि ऊ मुस्कुराइरहन्छ, लडिरहन्छ। अब हामीलाई सबैको साथ र सहानुभूति अत्यन्त आवश्यक छ,” उनका बुबा दिलीप भावुक हुँदै भन्छन् ।

परिवारले सरकार र मानव अधिकारवादी तथा सामाजिक संस्थाहरूलाई दिवमको उपचार पूर्णरूपमा निःशुल्क गरिदिनुहोस् भन्ने आग्रह गरेका छन्। साथै, देश–विदेशका सम्पूर्ण मनकारी नेपालीहरूलाई आर्थिक तथा भावनात्मक सहयोगको लागि अपिल गरेका छन् ।

सहयोग तथा थप जानकारीका लागि सम्पर्क:
दिलीप मरासिनी (Moon Child का पिता)
📞 फोन: ९८४९५५४३७७

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page