नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको ४२ औं साधारण सभा दमाैलीमा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको ४२ औं साधारण सभा दमाैलीमा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको ४२ औं साधारण सभा सनिवार दमाैलीमा सम्पन्न भएको छ ।साधारणसभाकाे नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले उद्घाटन गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि भण्डारीले रेडक्रसमा देखिएको समस्यालाई तत्काल समाधान गर्ने विषयमा सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिए । रेडक्रस पवित्र भावनाले स्थापना गरिएको सामाजिक संस्था भएपनि रेडक्रसमा नेतृत्व तहमा पुगेका केही व्यक्तिहरुका कारण रेडक्रस बदनाम गर्ने काम हुनु अत्यन्त दुःखद विषय भएको सांसद भण्डारीले बताए । विपद् घडीमा रेडक्रसले पुरयाउँदै आएको मानवीय सेवा सारा दुनियाँका लागि सह्रानीय कार्य भएको हुँदा त्यस किसिमका कार्यलाई रेडक्रसले निरन्तरता दिनुपर्ने सांसद भण्डारीको भनाइ थियो ।

नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका सभापति प्रा.डा.कृष्णप्रसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका सभापति शान्तिरमण वाग्ले ,व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने ,रेडक्रस तनहुँका पूर्व सभापतिहरु उदयराज गौली , परशुराम गिरी ,कृष्णहरि वाग्ले लगायतले रेडक्रसको पवित्रा भावनालाई मनन गरी सामाजिक सेवामा लाग्नुपर्नेमा जोड दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page