रास्वपा सभापति रवि लामिछानेको पक्षमा सबैभन्दा बढी हस्ताक्षर गण्डकी प्रदेशमा

रास्वपा सभापति रवि लामिछानेको पक्षमा सबैभन्दा बढी हस्ताक्षर गण्डकी प्रदेशमा

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा सबैभन्दा बढी हस्ताक्षर गण्डकी प्रदेशमा गरिएको छ।

लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार अहिलेसम्म गण्डकी प्रदेशमा २ लाख ६० हजारभन्दा बढी हस्ताक्षर गरिएको छ। सबैभन्दा कम भने सुदूरपश्चिम प्रदेशमा गरिएको न्यौपानेले बताए। उनका अनुसार उक्त प्रदेशमा २५ हजार हाराहारीमा मात्रै हस्ताक्षर गरिएको छ।

‘अहिलेसम्म हाराहारी २० लाखभन्दा धेरै हस्ताक्षर सङ्कलन भएको छ,’ न्यौपानेले भने, ‘अझै बढेको हुन सक्छ। यो मैले दिएको तथ्याङ्क तीन दिन अगाडिको हो। हस्ताक्षरका सबै फारमहरू सङ्कलन गरेर अद्यावधिक गर्न समय लाग्ने हुन्छ। अभियान जारी छ, अद्यावधिक पनि जारी छ।’

उनका अनुसार प्रदेशगत रूपमा ९ लाख ४० हजार हाराहारीको सङ्ख्यामा हस्ताक्षर सङ्कलन भएको छ। ‘कोशीमा १ लाख ६६ हजार, मधेसमा ३६ हजार, बागमतीमा २ लाख १३ हजार, गण्डकीमा २ लाख ६० हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कर्णालीमा ३८ हजार र सुदूरपश्चिममा २५ हजार हाराहारी हस्ताक्षर सङ्कलन भएको छ,’ न्यौपानेले भने, ‘बाँकी हस्ताक्षर सबै केन्द्रीय कार्यालयमा सङ्कलन भएका हुन्।’

हस्ताक्षर अभियानलाई कम्तीमा पनि १०० दिन लम्ब्याउने रास्वपाले लक्ष्य राखेको छ।

नागरिकबाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page