व्यास नगरपालिका कार्यपालिका बैठकको निर्णय कार्यपालिका सदस्यलाई नैँ थाहा हुँदैन !

तनहुँकाे व्यास नगरपालिकाले गर्ने कार्यपालिका बैठकको निर्णय कार्यपालिकाका सदस्यहरू लाई नै थाहा नहुने गरेको खुलेको छ । कार्यपालिका बैठकमा उही दिनमा प्रवक्ताबाट हस्ताक्षरित विज्ञप्ति भन्दा बाहिरको निर्णय निस्कन थालेपछि सदस्यहरूबाट फरक प्रतिक्रिया आउँदा यस्तो हुने गरेकाे खुलेको हाे । त्यसाेत पहिल्यैदेखि नैँ बैठकमा उपस्थित हुने सदस्यहरूकाे उपस्थिति उठाएर माइन्युट बन्द नगरी बैठक समापन गर्ने र बिशेश खालका निर्णयहरू पछि थप्ने गरेको बिषय यसअघि नैँ चर्चाको बिषय बनिसकेको थियो । माइन्युटमा पछि निर्णय नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत बसेर थपिन्छ या नगरप्रमुख बाट निर्देशन दिने गरिन्छ त्यो थप चासोको बिषय रहेको छ ।

व्यास नगरपालिकाकाे पछिल्लो २२५ औ बैठककाे निर्णयकाे बिज्ञप्ती कात्तिक १५ गते नगर प्रवक्ता सुरेश थापाको हस्ताक्षरमा सार्वजनिक गरिएको छ । साे निर्णयमा करारका कर्मचारीकाे तलव राेक्ने भन्ने निर्णय गरिएको छैन , बरू नगरसभाले पुसमा निर्णय गर्छ भनिएको छ । यता २२५ औ बैठककाे निर्णय भन्दै पुन प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले हस्ताक्षर गरेको उक्त बैठककाे निर्णयमा भने करारमा कार्यरत कर्मचारीहरुको तलबभत्ता सोमबारदेखि रोक्का गरेको जनाइएको छ , उक्त पत्रकाे बाेधार्थमा लेखा शाखाले मंसिर १ गतेदेखि निजहरूको तलव भत्ता निकाशा नगर्नु भनिएको छ ।
व्यास नगरपालिकाका प्रायःजसो वडा अध्यक्ष सँग सम्पर्क गर्दा याे निर्णय कार्यपालिका बैठकमा नभएको जनाइएको छ । एकजना वडाअध्यक्ष ले त आक्राेसित हुँदै माइन्युटमा पछि त्यस्तो निर्णय थपिएको रहेछ भने ७ गते हुने अर्को बैठकमा त्यो माइन्युट च्यातिदिने समेत बताएका छन् ।
यता यश सम्बन्धमा नगरपालिकाका प्रवक्ता सुरेश थापा सँग सम्पर्क गर्दा आफ्नाे हस्ताक्षर बाट प्रकाशित प्रेस विज्ञप्ति काे निर्णय भएको त्यो बाहेक अरू बारेमा थाहा नभएको र थप बुझेर मात्रै प्रतिक्रिया दिने बताए । त्यसाेत सुरुमै खुलाएर सार्वजनिक हुनुपर्ने कार्यपालिका बैठककाे निर्णयकाे विज्ञप्तिमा समेत छल गरिएको छ । आम सर्वसाधारण नागरिकले स्पष्ट हुन पाउनुपर्ने विज्ञप्तिमा सुरुमा अधुरो प्रकाशित गर्ने र पछि सुटुक्क थपिने गरेको उक्त फरक विज्ञप्तिबाट पनि स्पस्ट हुन्छ ।


























