शुक्लागण्डकी जेसिसले गर्याे बेलचाैतारा प्रहरीलाई दुर्घटना न्युनिकरणका सामाग्री सहयोग

शुक्लागण्डकी जेसिसले गर्याे बेलचाैतारा प्रहरीलाई  दुर्घटना न्युनिकरणका सामाग्री सहयोग

बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले शुक्लागण्डकी जेसिसले सडक दुर्घटना न्यूनिकरण सम्वन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौतारामा रोड डिभाइडर सहितका सामाग्री हस्तान्तरण गर्दै जेसिसको आयोजनामा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
 

जेसिसले इलाका प्रहरी कार्यालय बेलचौतारालाई दुई थान डिभाइडर र १५ थान कोन हस्तान्तरण गरेको हो । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेण्टर प्रालि पोखराको सहयोगमा ती सामग्री प्रदान गरिएको जेसीज २०२५ का अध्यक्ष प्रकाश विकले जानकारी दिए ।

सो अवसरमा वडा नं ५ का अध्यक्ष दिर्घ बहादुर थापाले राजमार्गको काम आधाआधी सकिदा दुर्घटना भई जनधनको क्षति भइरहेका बेला यस्ता सहयोगले न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा हस्पिटलका निर्देशक माधव भट्टराई, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक धननारायण श्रेष्ठले सबैको सामुहिक प्रयासले सवारी दुर्घटना न्यूनिकरण हुने भएकाले सहयोगको खाँचो औंल्याए । सो अवसरमा सवारी चालकहरुलाई सचेतनमुलक पर्चा वितरण गरिनुका साथै ट्राफिक नियम पालनाकोलागि आग्रह गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page