निर्वाचन परिणाम स्वीकार्दै केपी शर्मा ओलीद्वारा मतदाताप्रति धन्यवाद

निर्वाचन परिणाम स्वीकार्दै केपी शर्मा ओलीद्वारा मतदाताप्रति धन्यवाद


काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको बताएका छन्। उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भन्दै त्यसलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।
ओलीले एक सन्देश जारी गर्दै आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको र पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गरेका छन्। “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु हाम्रो कर्तव्य हो,” उनले भनेका छन्।
यस कठिन परिस्थितिमा पनि सूर्य चिन्हमा मतदान गरेर आफ्नो पक्षमा उभिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थकहरूप्रति उनले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। मतदाताको विश्वास नै पार्टीको शक्ति र ताकत भएको उनले बताएका छन्।

निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने उनले स्पष्ट पारे। ओलीले आगामी दिनमा पनि जनताकै बीचमा रहेर जनताको हितका लागि काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले मत दिनुहुने, साथ दिनुहुने तथा विश्वास राख्नुहुने सबैप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page