पुर्कोट महोत्सव सुरु, राष्ट्रिय खेलाडी सनिस श्रेष्ठ सम्मानित

तनहुँमा तेस्रो तेस्रो पुर्कोट महोत्सव २०८३ सुरु भएको छ। महोत्सवको अवसरमा विभिन्न सांस्कृतिक, सामाजिक तथा खेलकुद कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
महोत्सवकै अवसर पारेर सनिस श्रेष्ठ लाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको छ। भानु नगरपालिका–९ मा जन्मिनु भएका श्रेष्ठ नेपालको राष्ट्रिय फुटबल टोलीका सक्रिय सदस्य हुन्। आयोजक पुर्कोट युनेस्को क्लब ले उनको खेल क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो।
कार्यक्रममा आयोजकले आफ्नै क्षेत्रका प्रतिभालाई सम्मान गर्न पाउँदा गौरव व्यक्त गरेका थिए।

सम्मानपछि श्रेष्ठले आयोजकप्रति धन्यवाद व्यक्त गर्दै आफ्नै जन्मथलोमा सम्मान पाउनु गर्वको विषय भएको बताए। उनले यस्तो सम्मानले आफूलाई थप प्रेरणा मिलेको उल्लेख गर्दै आगामी दिनमा देशका लागि अझ समर्पित भएर खेल्ने प्रतिबद्धता जनाए।
उक्त सम्पूर्ण जानकारी क्लबका अध्यक्ष सुजन थपलिया ले दिएका हुन्।


























