रास्वपा व्यास नगरले ताेक्याे सबै वडामा सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिले नगरका १४ वटै वडामा सभापतीहरु तोकेको छ । रास्वपा व्यास नगर समितिको सोमबार बसेको पहिलो बैठकले नगरभित्रका सबै वडामा सभापतिहरु तोकेको सभापति चुडामणी दाहालले बताए ।

बैठकले वडा नम्बर १ मा कोमल बहादुर जिसी, २ मा गौरी शंकर थापा मगर , ३ मा करुण राज काफ्ले , ४ क्या. गोपाल गुरुङ , ५ मा दिनेश खनाल , ६ मा नगेन्द्र शर्मा ढुङ्गाना र ७ मा रोशन परियारलाई सभापति तोकेको हो । त्यस्तै ८ मा सुर्यचन्द्र लम्साल , ९ मा सुवर्णभद्र आचार्य , १० मा पदम बहादुर दरै , ११ मा सुशिल पौडेल , १२ मा बद्रीनाथ न्यौपाने , १३ मा मन्जु विक र १४ मा पुण्यप्रसाद भट्टराई लाइ चयन गरिएको सभापति दाहालले जानकारी दिए ।

त्यसैगरि बैठकले पाँच सदस्यिय नगर सल्लाहाकार समिति पनि गठन गरेको छ । सल्लाहाकारमा गंगा बहादुर जिसी , भिमलाल विक , एकराज तिवारी , झलकराज पौडेल , बुद्धि कुमार श्रेष्ठ रहेका छन् । त्यसैगरि नगर संगठन विभाग प्रमुखमा सुर्जबहादुर केसी तथा सदस्यहरुमा कृष्णभद्र आचार्य, कृष्ण कार्की, बलबहादुर विक र रुद्र बहादुर कुँवर क्षेत्री चयन भएका छन् ।
























