१३ वर्ष मलेसियामा बेपत्ता भएका गुरूङ परिवारकाे सम्पर्कमा आए

१३ वर्ष मलेसियामा बेपत्ता भएका गुरूङ परिवारकाे सम्पर्कमा आए

विगत १३ बर्षदेखि मलेसियामा सम्पर्कबिहिन रहेका तनहुँकाे म्याग्दे १ बाख्रेका डिलबहादुर गुरूङ परिवारकाे सम्पर्कमा आएका छन् । एपेन्डिक्स बिरामी सलिना गुरूङकाे बुवा डिलबहादुर गुरूङ १३ वर्षदेखि मलेसियाबाट सम्पर्कबिहिन भन्ने समाचार ” तनहुँ प्रेस ” डटकममा निरन्तर आइरहेकाे थियो । साेहि समाचार मलेसियामा बस्ने नेपाली माझ व्यापक रूपमा पुगेपछि उनको बारेमा साेधिखाेजि भएको मलेसियामा बस्ने एक नेपालीले टेलिफोनमा बताए । उनी मलेसियाको जाेरबारू भन्ने ठाउँमा बस्दै आएका थिए , हामीले उनको बारेमा तपाईंको समाचार बाट सबै कुरा थाहा पायौं ती नेपालीले भने । उनी त कमाउने , रमाउने माेजमस्तिमा बस्ने गरिरहेका थिए । गुरूङले राम्रो पैसा कमाउने कम्पनीमा रहेको भन्दै ती नेपालीले तपाईंको समाचार हेरेपछि उनलाई हामीले सम्झाएको बताए । उसले भन्न त भन्याथ्याे – म घरमा नगएको ११-१२ बर्ष भयो भनेर । तर घरमा सम्पर्क हाेला , पैसा पठाइरहेकाे हाेला श्रीमती छाेराछाेरिलाइ माया गरिरहेको हाेला भन्ठानेकाेत उ त यतै कमाउने रमाउने मा रहेछ ति नेपालीले भने । उनलेे मैले खबर गरेको भनेर बाहिर नाम नल्याइदिन भनेकाले समाचारमा उनको नाम भने राखिएको छैन ।

सम्पर्कबिहिन भएका भनिएका गुरूङकाे फेसवुक आइडिमा Gurung para नाम राखिएको छ भने टिकटकमा @muskangrg रहेको छ । यस्तै मलेसियामा बस्ने उसलाई चिनेका नेपालीका अनुसार उनले अत्याधिक मात्रामा माेवाइल नम्बर फेर्ने , फेसवुक आइडि , टिकटक आइडि फेर्ने गर्दथे ।उनको पारिवारिक अवस्था , बिमारी छाेरि लगायतको बिषयमा तनहुँ प्रेस डट कममा फाेटाे सहितको समाचार प्रकाशन भए पछि हामीले सबै कुरा थाहा पाएको ती नेपालीले बताएका छन् । राेजगारिकाे सिलसिलामा मलेसिया गएका डिलबहादुरकाे घरमा बिरामी छाेरि पिडाले छट्पटाइ रहेकाे सम्बन्धि समाचार पढ्दा हामी त छाँगाबाट खसेजस्तै भयौं भन्दै ती नेपालीले दुख पाएका अरू धेरैलाई सहयोग गर्दै आएका हामीले आफ्नै साथी बाट त्यस्तो भएको खबर पाउँदा अत्यन्तै नरमाइलो लागेको बताए ।

सम्पर्कमा आएका डिलबहादुरकाे जेठि छाेरि सलिना कक्षा १० मा , कान्छी छाेरि कक्षा ७ मा र कान्छो छाेराे कक्षा ५ मा पढ्ने गर्दछन् । बिरामी सलिनाकाे आमा ढकमाया गुरूङका अनुसार कान्छो छाेराेलाई बाबाले अहिलेसम्म नदेखेको बताइन् । घरको याे अवस्था देखेर , बुझेर श्रीमान आउनेमा उनी आशाबादि छन् । बिगत ३ महिना देखि एपेन्डिक्सले थलिएर छाेरि सलिना घरमै छन् । पढ्ने उमेरमा थलिन पर्दा एकातिर उनी मानसिक पिडामा छन् भने अर्कोतिर अस्वस्थताकाे दुखाइ अनी बुवा बेपत्ताको पिडामा छिन् । त्यतिमात्रै हाेइन घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले पनि परिवारमा समस्या छ ।


परिवार पाल्नुपर्ने , पढाउनुपर्ने सबै बाध्यता उनकी आमा ढकमाया गुरूङलाइ छ । जेनतेन मेलापात गरेर हुर्काउँदै पढाउँदै गर्दा एक्कासि ठुलो छाेरि एपेन्डिक्सले थलिएपछि उनकि आमा भावविह्वल छिन् । आमा ढकमाया भन्छिन् मलाई कति भाग्यले ठगेको रछ , एक्लै छु ,खाने चामल कसरी पुर्याउने भन्ने अवस्थामा छाेरिकाे याे हालत छ । छाेराछाेरिले हाम्रो बा खै ? कहिले आउनुहुन्छ भन्छन् ! म बाेल्न सक्दिन । बिगतमा जेभयाे भयो , केही अत्तोपत्तो थिएन , अवत कमसेकम रहेछ भन्ने थाहा लाग्याे , परिवारकाे मायाले घरमा आउलान भन्ने आसा पलाएको उनले सुनाइन् । बेपत्ता भएका भनिएका डिलबहादुरले छाेरि सलिनाकाे नम्बरमा बुधबार दिउँसो फाेन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page