भानु नगरस्तरीय बिद्यालय शिक्षक भलिबल प्रतियोगितामा प्रभात मावि प्रथम

भानु नगरस्तरीय बिद्यालय शिक्षक भलिबल प्रतियोगितामा प्रभात मावि प्रथम

भानु नगरस्तरीय अन्तर विद्यालय शिक्षक मैत्रीपुर्ण भलिबल प्रतियोगिता २०८२ काे उपाधि प्रभात मावि भानु ६ सिम्पानीले जितेको छ ।
आइतबार भएकाे फाईनल खेलमा सरस्वती मावि भानु १२ घलेछापलाई २५-१६, २५ -१८ र २५- १७ काे साेझाे सेटमा हराउँदै प्रभातले उपाधि जितेको हाे । प्रथम हुने प्रभात माविले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ भने दाेस्राे हुने सरस्वती माविले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । सहभागी १५ वटा टिमहरू मध्ये त्रिभुवन माविले तृतीय स्थान हासिल गर्दै १५ हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

  गोठेरी खेलमैदानमा भानुका शिक्षकहरू VS  भानु नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूको संयुक्त टिम बीचमा मैत्रीपुर्ण भलिबल खेलकुद प्रतियाेगितामा कर्मचारी र जनप्रतिनिधिकाे टिमले ३-१ काे सेटमा शिक्षककाे टिमलाई हराएकाे छ ।   

यसैगरी महिला शिक्षकहरु र विद्यालयका महिला कर्मचारी बीच भएकाे २०० मिटर दाैड प्रतियोगितामा जनसहयाेगी माविकी राेजिना प्रथम, हाेरालाे माविकी राधिका कुमाल र शान्ति आधारभूत विद्यालयकी निरुता विक तृतीय भएका छन् । प्रतियोगितामा प्रथम , द्वितीय र तृतिय पुरस्कार क्रमशः ३ हजार, २५ सय र २ हजार प्राप्त गरेका नगरपालिकाका शिक्षा तथा खेलकूद शाखाका प्रमुख उपसचिव ध्रुवराज पाैडेलले जानकारी दिए ।
नगर खेलकूद विकास समितिका संयाेजक एवं वडा नं ३ का वडा अध्यक्ष तुलकुमार गुरुङको सभापतित्वमा भएकाे पुरस्कार वितरण समाराेहमा नगर उप-प्रमुख उमा गाेतामेले पालिकामा खेल क्षेत्रकाे विकासका लागि नगरपालिकाले याेजनाका साथ अघि बढिरहेकाे बताइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page