तीनकुने घटनामा मानवअधिकार उल्लंघन भएको भन्दै अन्तर्राष्ट्रिय आयोगमा छानबिनको लागि पत्र

तीनकुने घटनामा मानवअधिकार उल्लंघन भएको भन्दै अन्तर्राष्ट्रिय आयोगमा छानबिनको लागि पत्र

तनहुँको दमौली घरभई हाल लन्डनमा बसोबास गर्दै आएका युवा राजेन्द्र सामुएलले नेपालमा गएको चैत १५ मा भएको प्रदर्शनमा मानवअधिकार उल्लंघनको गम्भीर घटनाको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरु अनुसन्धानको माग गर्दै पत्रचार गरेका छन । काठमाडौँमा भएको उक्त विरोध प्रदर्शनमा हजारौं नागरिकहरूले हिन्दू राजतन्त्रको पुनस्र्थापनाको माग गरेका थिए । नेपाल प्रहरी प्रदर्शनमा अत्यधिक बल प्रयोग गरेपछि गोली लागेर एक जनाको मृत्यु, आगलागीमा एक पत्रकारको दुखद निधन र सयौ घाइते र केही गिरफ्तार भएका थिए ।

राजेन्द्रले संयुक्त राष्ट्र मानवअधिकार आयोगलाई लेखेको पत्रमा नेपालका सुरक्षा बलहरूले विरोध प्रदर्शनमा अश्रुग्यास , रबर गोलीको प्रयोग गरेर प्रदर्शनकारीहरूलाई दमन गरेको विवरण दिएका छन्। यसमा दुई जनाको मृत्यु भएको छ, जसमा पत्रकार सुरेश रजकको आगलागीमा मृत्यु भएको र सबिन महर्जनको गोली लागेर मृत्यु भएको छ। यसैगरी, ११२ भन्दा बढी व्यक्तिहरू घाइते भएका छन्, जसमा ७७ जना सुरक्षा कर्मचारी पनि छन्। साथै, १०५ भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको र मिडिया कार्यालयहरू, पसलहरू र राजनीतिक दलका मुख्यालयहरूमा तोडफोड भएको रिपोर्ट गरिएको छ ।

उनले यी क्रियाकलापहरूलाई गम्भीर मानवअधिकार उल्लंघनका रूपमा चिन्त्रित गर्दै अन्तर्राष्ट्रिय मानवअधिकार कानूनी धाराहरूको उल्लंघन भएको बताएका छन्, जसमा जीवनको अधिकार, सभा गर्ने स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता अधिकारको उल्लंघन भएको उल्लेख गरेका छन्।

“पिडित र मेरो देशका अन्य नागरिकहरूको तर्फबाट म तत्काल अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरुको अनुसन्धानको माग गर्दछु, त्यस घटनामा मानवअधिकार उल्लंघनका लागि जिम्मेवारलाई कानुनी कार्रबाहीको माग गर्दछु । “ राजेन्द्रले आफ्नो पत्रमा भनेका छन्।

उनले संयुक्त राष्ट्र मानवअधिकार आयोगलाई घटनाको स्वतन्त्र अनुसन्धान गर्न र नेपाल सरकारले बल प्रयोग र मानवअधिकार उल्लंघनका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेहि बनाउनको लागि दबाब दिन आह्वान गरेका छन्। उनले संयुक्त राष्ट्रलाई नेपालमा भविष्यका विरोध प्रदर्शनहरूलाई निगरानी गर्ने मानवअधिकार पर्यवेक्षकहरू पठाउन पनि आग्रह गरेका छन्।


नेपालमा लोकतान्त्रिक स्वतन्त्रताका बारेमा चासो बढिरहेको अवस्थामा, उनका यो आह्वानले नागरिकका अभिव्यक्तिका अधिकार र शान्तिपूर्ण सभा गर्ने अधिकारको संरक्षणको महत्त्वलाई पुनः उजागर गरेको छ। यस घटनाले नेपालको मानवअधिकार स्थितिका साथै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूको निगरानीको आवश्यकता पनि स्पष्ट पारेको छ। मानवअधिकारको संरक्षण र काठमाडौँमा भएको दुःखद घटनाका पीडितहरूको लागि न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित को अपिल गरेका छन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page